खाेज्नुहाेस

राप्रपा सुदूरपश्चिमको अध्यक्षमा पुष्करदत्त भट्टको दाबी

Image

अत्तरिया – यही असोज २१ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिमको अध्यक्षमा पुष्करदत्त भट्टले दाबी गरेका छन् । राप्रपाका केन्द्रीय सदस्य समेत रहेका भट्टले अध्यक्षमा आफ्नो दाबी पेस गरेका हुन ।

navjiwan hospital

कैलाली क्षेत्र नम्बर ५ का भट्ट तत्कालीन गाविस अध्यक्ष समेत रहिसकेका छन् । उनी हालसम्म ३ पटक प्रदेश सभा र १ पटक प्रतिनिधि सभामा समेत भाग लिइसकेका छन् ।

attariya hospital

राप्रपा प्रदेश अध्यक्षमा हालका अध्यक्ष धर्मराज जोशीले पनि दाबी गरेका छन् । दुई जनाको दाबी हुँदा निर्वाचन हुने सम्भावना पनि बलियो रहेको राप्रपाका नेताहरूले बताएका छन् ।