अत्तरिया – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा २० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू टुङ्गो लागेको छ । सहमतिको प्रयासका असफल भए पनि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनको मत परिणाम बिहीबार मात्रै सार्वजनिक भएको थियो । जसअनुसार क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की विजयी भएका छन् । उनी ४८७ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी विजयपुर कुँवरले ९७ मत मात्रै पाए । जुन सदर मतको ८३ प्रतिशत हुन आउँछ । सभापतिको दाबेदार मानिएका कुँवरले १७ प्रतिशत मत मात्रै पाए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १० जना निर्वाचित हुने व्यवस्था अनुसार खुल्लामा गोरख बहादुर विष्ट ‘आनन्द’ लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले ५६० मत पाएका छन् । उनी ६ महिना अघि भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । निर्वाचनमा भने उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेम राज कोइराला सँग पराजित भएका थिए ।

खुल्लामा लोक राज पाण्डे (आगो) ४५२ मत पाएर विजयी भएका छन् । यस्तै ध्रुवराज भट्टराई ३८८ मत, वसन्त रोकाया ३४६ मत, खेम बहादुर साउँद ३४४ मत, पुष्पराज जोशी ३२९ मत, विष्णु प्रसाद भाट ३०८ मत, भोज बहादुर बम ३०६ मत पदमराज भट्ट २८१ मत र रोशन सिंह २८० मत पाएर विजयी भएका छन् ।

खुल्लातर्फ टिकाराम ढुङ्गाना जैसी (२७४ मत), प्रकाश बहादुर देउवा (२३० मत), हेम प्रकाश उप्रेती (२२४ मत), भेप बहादुर बम (२१७ मत), कमल कान्त पन्त (१७२ मत), राजेश पाठक (१६३ मत), राजेन्द्र प्रसाद जोशी (१५८ मत), विवेक कुमार कठायत (१४६ मत), प्रभाकर भण्डारी (१२४ मत) र तर्कराज भट्ट (९८ मत) पाएर पराजित भएका छन् ।
खुल्ला (महिला) तर्फ ४ जना विजयी भएका छन् । खुल्ला (महिला) मा तुलसी देवकोटा ४५५ मत, ईश्वरी कठायत ४४० मत, ललिता पाठक ३९६ मत र ईश्वरी रावल ३८५ मत पाएर विजयी भएका छन् । मेनका जोशीले २७७ मत र नन्दा बमले २२७ मत प्राप्त गरी पराजित भएका छन् ।
पेसागत विषय विज्ञमा टेक राज अवस्थी विजयी भएका छन् । उनले २९८ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी टेक कठायतले १९६ मत र प्रेम चन्दले ८३ मत पाएका छन् । युवा महिलामा रोशनी शाह विजयी भएकी छन् ।
उनले ३४७ मत पाएर विजयी भएकी हुन् भने उनकी प्रतिस्पर्धी भगवती जोशीले २५० मत पाइन् । युवा खुल्लामा दीपक राज ओझा र भुवन महरा विजयी भएका छन् । ओझाले ४०६ मत पाए भने महराले २५७ मत पाएर विजयी भएका हुन् । यस पदमा प्रतिस्पर्धी डण्डी राज जोशीले २१४ मत र वीरेन्द्र खड्काले २०३ मत प्राप्त गरी पराजित भए ।
प्रजातन्त्र सेनानीमा विक्रम बहादुर खड्का विजयी भएका छन् । उनले ४१४ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी राम सिंह ठकुरीले १५२ मत पाए । आदिवासी जनजातिमा यज्ञ राज चौधरी विजयी भएका छन् । उनले ४७० मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रेम बहादुर सुर्जामगरले १५७ मत पाए ।


















