अत्तरिया – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार कार्की क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा २० जना पनि निर्वाचित भएका छन्।


खुला महिलातर्फ तुलसी देवकोटा, ईश्वरी कठायत, ललिता पाठक र ईश्वरी रावल निर्वाचित भएका छन्। खुलातर्फ गौरवबहादुर विष्ट (आनन्द), लोक राज पाण्डेय (आगो), ध्रुवराज भट्ट, वसन्त रोकाया, खेमबहादुर साउद, पुष्पराज जोशी, विष्णु प्रसाद भाट, भोजबहादुर बम, पद्मराज भट्ट र रोशन सिंह निर्वाचित भएका छन्।
यस्तै, पेशागत विषय विज्ञतर्फ टेक राज अवस्थी, युवा महिलातर्फ रोशनी शाह, युवा खुलातर्फ दीपक राज ओझा र भुवन महरा, प्रजातन्त्र सेनानीतर्फ विक्रमबहादुर खड्का तथा आदिवासी जनजातितर्फ यज्ञराज चौधरी निर्वाचित भएका छन्।

















