खाेज्नुहाेस

चोरीको आरोपमा पक्राउ परेका बैतडीका वडा सदस्य निलम्बित

Image

बैतडी – बैतडीमा चोरीको आरोपमा पक्राउ परेका वडा सदस्य निलम्बित भएका छन् । दशरथ चन्द नगरपालिका – ५ आल गाउँका जयदेव भट्टको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका दशरथ चन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका विनोद लुहारलाई नगरपालिकाले निलम्बित गरेको हो ।

navjiwan hospital

दशरथ चन्द नगरपालिकाले एक विज्ञप्ति जारी गर्दे निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी अनुसन्धान कार्यमा कुनै किसिमको अवरोध वा प्रभाव नपरोस् भन्ने उद्देश्यले निलम्बित गरिएको जनाएको छ ।

attariya hospital

नगर प्रमुख पुष्कर राज जोशीद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४, दशरथ चन्द नगरपालिकाका पदाधिकारीको आचारसंहिता २०७४ तथा प्रचलित कानुन बमोजिम निज विनोद राम लोहारलाई उक्त मुद्दाको अनुसन्धान तथा न्यायिक प्रक्रिया सम्पन्न भई अन्तिम फैसला नभएसम्मका लागि कार्यपालिका सदस्यको हैसियतमा कार्यसम्पादन गर्ने कार्यबाट निलम्बन गरिएको उल्लेख छ । विज्ञप्तिमा मुद्दाको अनुसन्धान तथा न्यायिक प्रक्रियाको अन्तिम परिणामका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक निर्णय लिइने उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जयदेव भट्टको घरमा चोरी गरेको आरोपमा वडा सदस्य सहित स्थानीय महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पनि पक्राउ गरेको थियो । उनीहरूलाई एक महिना अघि भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोप लागेको छ ।