खाेज्नुहाेस

भारी वर्षाको अलर्टपछि टीकापुरका विद्यालयमा सार्वजनिक बिदा

Image

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष मौसम बुलेटिनअनुसार असोज ९, १० र ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेको जनाइएको छ । अविरल वर्षाका कारण बाढी, डुबानलगायतका विपद् आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै टीकापुर नगरपालिकाले असोज ९ गते नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनामा उक्त दिन विद्यालय सञ्चालन नगर्न सम्बन्धित विद्यालयहरूलाई अनुरोध गरिएको छ । साथै, सार्वजनिक बिदा दिइएको दिनलाई विद्यालयले स्थानीय बिदाबाट समायोजन गर्नुपर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षा र सम्भावित विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि बिदा दिने निर्णय गरेको जनाएको छ ।