अत्तरिया – अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यालय वरपर धूम्रपान, मद्यपान जन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेर छ । विद्यालयले एक सूचना जारी गर्दै विद्यार्थीहरुसंग धूम्रपान, मद्यपान जन्य पदार्थ बिक्री वितरण नगर्न होटल तथा नास्ता पसल व्यावसायीहरुलाई आग्रह गरेको हो ।

प्रधानाध्यापक वीर सिंह महताद्धारा जारी सूचनामा अत्तरिया क्षेत्रका केही होटल र खाना नास्ता व्यवसायी पसलहरूले विद्यालय चलेको समयमै विद्यालयको पोसाक लगाएकै अवस्थामा यस विद्यालय लगायत अन्य विद्यालयका विद्यार्थीहरुसंग धूम्रपान र मद्यपान जन्य पदार्थ बिक्री वितरण गरेको, होटलमै बसाएर यस्ता पदार्थहरूको कारोबार गरेको अभिभावकहरूको लिखित गुनासो आएको उल्लेख छ ।

सूचनामा यस्तो गैर कानुनी कार्य नगर्न, नगराउन अनुरोध गरिएको छ । अरूका बालबालिकालाई पनि आफ्नै बालबालिका सोची उनीहरूको सुन्दर भविष्य निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गरिदिन हुन सूचना मार्फत आग्रह गरिएको छ ।















