खाेज्नुहाेस

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब संकलन

Image

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

navjiwan hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न ९ वटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ।

attariya hospital

त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।