खाेज्नुहाेस

सुदूरपश्चिमकी राज्यमन्त्री कुँवर चढ्ने गाडी ट्राफिक कारवाहीमा

Image

धनगढी – सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुप प्र ०१००१ झ ०३९७ नम्बरको गाडीलाई कारवाही स्वरुप जरिबाना तिराएको हो ।

navjiwan hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना तिराएको बताए । उनकाअनुसार पहिलो पटकलाई निषेधित समयमा गाडी प्रयोग गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना तिराइएको छ ।

attariya hospital

सार्वजनिक बिदामा मन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले गाडी चलाएको पाइएको थियो । कैलाली ट्राफिकले यसअघि सरकारी निवासमै हेलमेट बिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत जरिवाना गरेको थियो ।