
धनगढी – बाढीका कारण कैलालीको त्रिनगर नाका भएर हुने आवागमन बन्द गरिएको छ । भारतको पलिया–गौरीफन्टा मार्गअन्तर्गत वंशीनगर नजिक रपटा पुलमा बाढी आएपछि उक्त सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।
पुलमा पानीको बहाव बढेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको प्रशासनले आवागमन बन्द गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबारदेखि नै आवागमन बन्द रहेको जानकारी दिए । बाढीले आवागमन बन्द भएपछि मालबाहक र यात्रुबाहक गाडी बाटोमै रोकिएका छन् । त्रिनगर नाका भएर ग्यासको आयात पनि रोकिएको छ।

















