खाेज्नुहाेस

ओमानलाई ६० रनमै राेक्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Image
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं – नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा स्थान बनाएको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

attariya hospital
navjiwan hospital

ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो । दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् ।

ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे । बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।