मेष: आत्मविश्वास बढाउनुहोस्, नयाँ काम सुरु हुनेछ; व्यापारमा लाभ र सहयोग प्राप्त हुनेछ।
वृष: मनोरञ्जनमा अलमलिँदा काम रोकिन सक्छ, खर्च बढ्नेछ; उधारो व्यापार हुनेछ।

मिथुन: मेहनत गर्नुपर्ला, विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ; दिउँसो नयाँ प्रस्ताव आउनेछ।
कर्कट: व्यापार र साझेदारीबाट लाभ हुनेछ, आम्दानी बढ्नेछ; अनावश्यक खर्चमा सजग रहनुहोस्।
सिंह: लगनशीलताले अवसर र प्रतिष्ठा दिलाउनेछ, आयका नयाँ स्रोत भेटिनेछन्; पुराना समस्या सुल्झनेछन्।

कन्या: विवादबाट सजग रहनुहोस्, हडबडीले काम दोहोरिन सक्छ; दिउँसो रोकिएका काम बन्नेछन्।
तुला: स्वास्थ्य र खर्चमा सजग रहनुहोस्, बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
वृश्चिक: यात्रा र विशेष कामका लागि अनुकूल समय, उपहारले उत्साह बढाउनेछ; स्वास्थ्यमा ध्यान दिनुहोस्।
धनु: मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ, नयाँ अवसर प्राप्त हुनेछन्; व्यापारिक यात्रा रमाइलो हुनेछ।
मकर: बिहान समस्या आए पनि दिउँसो सुधार हुनेछ, प्रतिस्पर्धामा सफलता मिल्नेछ; यात्रामा सावधानी अपनाउनुहोस्।
कुम्भ: आफ्नैबाट धोका हुनसक्छ, साझेदारीमा विवाद बढ्नेछ; दिउँसो समस्या सुल्झने र अध्ययनमा प्रगति हुनेछ।
मीन: बिहान काममा सफलता मिल्नेछ, व्यवसायमा फाइदा हुनेछ; दिउँसो समस्या र एक्लोपनाले सताउन सक्छ।

















