खाेज्नुहाेस

माथिल्लो त्रिशूली-१ मा भेटियाे ६ जनाको शव

Image

काठमाडौं – बाढीले क्षतिग्रस्त २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ ।

navjiwan hospital

आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी क्रममा तालिमप्राप्त कुकुर समेतकाे सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । सल्लेटार क्षेत्रमा भेटिएका ती ६ शव नेपाली सेनाले बट्टार ल्याएको छ ।

attariya hospital

बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७६ जनाको उद्धार भइसकेको छ । अझै ५ सय ५१ जना सम्पर्कविहीन छन् ।