अत्तरिया – भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाल सिएमए संघ केन्द्रीय कार्यालयको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शिविरमा बाढी प्रभावित नागरिकहरूको स्वास्थ्य जाँच, उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीलाई आवश्यक औषधिसमेत वितरण गरिएको छ।

नेपाल सिएमए संघका संरक्षक समिति संयोजक गणेश जीमी साउदका अनुसार शिविरबाट ८५ जना बाढी प्रभावितले स्वास्थ्य उपचार सेवा पाएका छन्।
बाढी प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको संघले जनाएको छ।


















