कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ३० लाख १९ हजार ४४० रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी टोलीले शुक्रबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका सुर्ती, विभिन्न कम्पनीका मोबाइल डिस्प्ले, बिस्कुट, प्लास्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ र एक थान मोटरसाइकल लगायतका सामान फेला पारेको हो।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।

















