
बैतडी– बैतडीमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । बिहिबार जिल्लाको पुर्चाैडी नगरपालिका– ५ दानाडाका मान बहादुर बोहराकी अन्दाजी १२ बर्षिय छोरी पूर्णिमा बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।
दहताल स्थित पानीखोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको वडा अध्यक्ष नागीसिंह खडायतले बताए । भिरबाट लडेर ४ सय मिटर तल खसेकी बोहराको घटनास्थलमै मृत्यु भएको हो । बोहरा भूमिराज माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।


















