दार्चुला – जुवातास मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत दार्चुलाको २०८३ वैशाख २३ गतेको फैसला अनुसार जुवातास मुद्दामा २७ दिन कैद र २ सय रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका–४ का २९ वर्षीय अशोक सिंह कुँवर पक्राउ परेका हुन्।

फरार रहेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुँवरलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















