धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गौरा पर्व तथा कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा तथा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले गौरा पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, आस्था र पहिचानलाई जीवन्त राख्नुका राखेको बताए । उनले एकता, सद्भाव, आपसी प्रेम, भाइचारा र सामाजिक सहिष्णुतालाई सुदृढ बनाउने कार्य गौरा पर्वले गर्दै आएको बताए ।

मुख्यमन्त्री भट्टले विविधताबीचको एकता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा गौरा पर्वको महत्वपूर्ण योगदान रहेको बताए ।
यस्तै, श्रीकृष्ण जन्माष्टमीले सत्य, धर्म, न्याय, प्रेम र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्दै आएको उनले उल्लेख गरे ।
















