प्रतिनिधिसभा बैठककै क्रममा एकाएक ढलेका नेपाली कांग्रेसका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।

सांसद खड्का ढलेपछि सभामुख अर्यालले सदनको कारबाही केही बेर रोकेका थिए ।

उनी ढलेसँगै संसद सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । उनका अनुसार खड्कालाई उच्च रक्तचाप देखिएको छ ।
सांसद खड्का डाेटीबाट निर्वाचित भएका थिए ।



















