पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोसी त्रिशूली बाढीको संकटको सामना गर्न अन्तर्राष्टिय सहयोग नभई नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संकटको घडीमा पार्टी सरकारको साथमा रहेको बताए ।

उनले संकटमा सेना परिचालन भएको र समस्या समाधानका लागि जनपरिचालन हुनुपर्ने बताए । ‘सेना परिचालन भयो, जनपरिचालन भएन । जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भवजस्तै हुन्छ,’ उनले भने ।

केन्द्र सरसकारसँगै प्रदेश र स्थानीय सरकार परिचालन हुनुपर्नेमा प्रचण्डले जोड दिए ।



















