कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार घरको छतमाथिको रेलिङ मर्मतको क्रममा करेन्ट लागेर शुक्लाफाँटा नगरपालिका –१० झलारीका अन्जाती ३६ वर्षीय विक्रम चौधरीको मृत्यु भएकाे हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
















