कञ्चनपुर – कञ्चनपुरको बेलकोटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

बेतकोट नगरपालिका–५ धरमपुरस्थित चौधर नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका १३ वर्षीय गोकुल पन्त डुबेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएकोमा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

















