खाेज्नुहाेस

भोकेकोशी बाढी पछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन

Image

महेन्द्रनगर – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवामा कञ्चनपुर घर भएका २४ सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका २४ जनाका आफन्तले प्रहरीका खोजीकार्यका लागि सम्र्पक गरेको बताए ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म यहाँको भीमदत्त नगरपालिकाका छ जना, बेलौरी नगरपालिकाका तीन जना, कृष्णपुरका पाँच जना, शुक्लाफाँटा नगरपालिकाका सात जना, लालझाडी गाउँपालिकाका एक र बेदकोट नगरपालिकाका दुई जना बाढी प्रभावित क्षेत्र रसुवाबाट सम्पर्कविहीन छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गरेपछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले पनि सम्पर्क गरेको जनाएको छ ।
रसुवामा आएको बाढीका कारण समस्यामा परेका यहाँका नागरिकको खोज तथा उद्धारका लागि स्थानीय प्रशासनले पनि सक्रियता देखाएको छ ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेश दत्त जोशीका आफन्तले बुधबार बिहानदेखि खोजीका लागि पहल गरिदिन आग्रह गरिरहेका छन् ।