खाेज्नुहाेस

सुन बढ्यो, चाँदी घट्यो

Image
navjiwan hospital

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य बढेकाे छ भने चाँदीकाे मुल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको थियो।

यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको हो।

attariya hospital