खाेज्नुहाेस

कञ्चनपुरका सीमा क्षेत्रबाट एकै दिन १० लाख बढीको अवैध सामान बरामद 

Image
बेलौरी – सशस्त्र प्रहरीले एकै दिन कञ्चनपुरका सीमा क्षेत्रबाट १० लाख बढीको अवैध रूपमा नेपाल भित्र्याइएका सरसामान बरामद गरेको छ । शुक्रवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी, कञ्चनपुर मातहतका सीमा सुरक्षा गुल्म बेलौरी, बीओपी पुनर्वास, भुडा र ब्रह्मदेवबाट खटिएका गस्ती टोलीहरूले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका १० लाख ६ हजार मूल्य बराबरका सरसामान बरामद गरेको हो ।
attariya hospital
navjiwan hospital
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीका अनुसार मातहतका निकायहरूले आ-आफ्नो सीमा इलाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ भित्र्याइएका नेपाली तथा भारतीय नम्बर प्लेटका जम्मा ४ थान मोटरसाइकलका साथै चिनी २ क्विन्टल ५० किलो बाइलर कुखुरा ३० केजी, सुर्ती ४० प्याकेट, पेय पदार्थ २७५ लिटर, चस्मा तथा हाते घडी लगायतका दस लाख छ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको छ ।
कुखुरा र पेय नष्ट गरिएको छ भने अन्य सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर, गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।