खाेज्नुहाेस

चैनपुर–ताक्लाकोट सडक भासियो, बस्ती जोखिममा

Image

बझाङ – चैनपुर–ताक्लाकोट सडक भासिएका कारण यहाँका ३० भन्दा धेरै घर जोखिममा परेका छन् । जयपृथ्वी नगरपालिका–११, रुइनाबगर गाउँको माथि र तलकोट गाउँपालिका–१, सुनिकोट गाउँको तल सडक भासिएको हो ।

navjiwan hospital

बझाङ सदरमुकामबाट करिब ५ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने यातायात सेवा पनि अवरुद्ध हुने सम्भावना बढेको छ । सेती लोकमार्ग उतरखण्डअन्तर्गत चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयले सूचना प्रकाशित गर्दै सडक भासिने क्रम जारी रहेकाले उक्त खण्डमा सवारीसाधन चलाउँदा वा यात्रा गर्दा होसियार हुन अनुरोध गरेको छ । यो सडक खण्डमा गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको थियो ।

attariya hospital

रुइनाबगरमा गाउँको माथि ४० मिटर र सुनिकोटबजार भन्दा तल ३० मिटर सडक भासिएको कार्यालयले जनाएको छ । ‘दुवै ठाउँमा सडक एक मिटर जति भासिएको छ,’ सेती लोकमार्ग उत्तर खण्ड ‘चैनपुर ताक्लाकोट’ सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवले भने, ‘अझै पनि दबिनेक्रम नरोकिएकोले थप क्षति हुन सक्ने अनुमान गरेका छौं ।’

तत्काल अस्थायी मर्मत र बर्खा सकिएपछि भित्ता काटेर वा भासिएको ठाउँमा पिलररआरसीसी संरचना बनाएर स्थायी निर्माणका लागि अध्ययन भइरहेको उनको भनाइ छ । बझाङलाई चीनको ताक्लाकोटसँग जोड्ने यो सडक पाँच किलोमिटर कालोपत्र गरिएको छ भने ४० किलोमिटरसम्म यातायात चल्ने गरेको छ । तलकोट र साइपाल गाउँपालिकाका स्थानीय, साइपाल क्षेत्रमा आउने पर्यटकहरुले यो सडकको प्रयोग गर्ने गरेका छन् ।