
अत्तरिया– कञ्चनपुरबाट जबरजस्ती करणी मुद्धामा फरार अभियुक्त पक्राउ परेका छन् । शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट जबरजस्ती करणी मुद्धामा फरार जिल्लाकै बेदकोट नगरपालिका– ७ गौजीका ५५ वर्षिय अमर सिँह धामी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले धामीलाई पक्राउ गरेको थियो । सो विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


















