अत्तरिया– कैलाली र कञ्चनपुरबाट प्रहरीले अन्दाजी ७१ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बुधबार दुवै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ७१ हजार बराबरका अवैध रुपमा भन्सार छली गरि ल्याएका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगपालिका– २ सारदा स्कुल नजिकबाट प्रहरीले अन्दाजी २१ हजार ६०० मुल्य बराबरका छिद्रा माछा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सो माछा बेवारिसे अवस्थामा बरामद गरेको बताईएको छ ।

यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी ५४ हजार ४०० मुल्य बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका– ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर बाट प्रहरीले अन्दाजी ३४ हजार २०० रुपैया बराबरका ब्रोइलर कुखुरा बरामद गरेको छ । त्यस्तै पुर्नवास नगरपालिका– ३ स्थित क्एी स्कुल नजिकैबाट अन्दाजी २० हजार २०० रुपैया बराबरका अवैध रुपमा भन्सार छली गरी ल्याईएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।


















