
अत्तरिया– कञ्चनपुरबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको बेदकोट नगरपालिका– ३ समादैजीबाट २६ ग्राम १७० मिलिग्राम लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का २५ वर्षिय रोहित भण्डारी र सोही ठाउँका ३० वर्षिय मदन खत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भण्डारीको साथबाट ६४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो भने खत्रीको साथबाट २५ ग्राम ५३० मिलिग्राम चरेश बरामद गरिएको हो । पक्राउ परेका खत्री सोही स्थानमा खत्री नास्ता पसल सञ्चालन गर्दै आईरहेको प्रहरीले जनाएको छ ।




















