खाेज्नुहाेस

सैफ जैब सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध

Image

काठमाडौं–  नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ। गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन्।

navjiwan hospital

उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए। २८ वर्षीय इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ सुदूरपश्चिम रोयल्सको दुवै संस्करणमा फाइनल पुगेर उपविजेता बन्दा महत्वपूर्ण भूमिका खेलेका थिए।

attariya hospital

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा, सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र टेक रावतलगायतका खेलाडी रहेका छन्।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुने तालिका सार्बजनिक भएको छ।