खाेज्नुहाेस

अछाममा वन्यजन्तु अवैध सिकार मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अछाम – वन्यजन्तु अवैध सिकार मुद्दामा सजाय तोकिएर फरार रहेका अछामका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत अछामको २०८२ चैत १६ गतेको फैसलाले १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका भिमबहादुर साउँद पक्राउ परेका हुन्।

attariya hospital

फैसला कार्यान्वयनका क्रममा प्रहरी चौकी जयगढ, अछामबाट खटिएको प्रहरी टोलीले साउँदलाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।