खाेज्नुहाेस

पाँच महिनापछि शेरबहादुर देउवा स्वदेश फर्किदै

Image

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिना पछि स्वदेश फर्किने तय भएको छ । हङकङमा रहेको देउवा यही साउन २६ गते स्वदेश फर्किन लागेको उनीनिकट नेता डा. प्रकाशशरण महतले बताएका छन ।

navjiwan hospital

‘२६ गते राति ९ः४५ बजे आइपुग्नुहुन्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने तय भएपनि मिति तय नभएको बताएका छन ।

attariya hospital

‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’ देउवा २०८२ चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । उनी नेपालबाट फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।