अत्तरिया – गोदावरी चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार अत्तरिया सम्पन्न चौथो विशेष साधारण सभाबाट तारा दत्त जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष बाजी कामी, उद्योग उपाध्यक्ष जनक राज भट्टराई, महासचिव रमेश बोगटी, सचिव सन्तोष बोहरा, कोषाध्यक्ष लक्ष्मी दत्त जोशी र सह–कोषाध्यक्ष बाबुराम भट्टराई चयन भएका छन् ।

यस्तै सदस्यहरूमा लोक बहादुर खड्का, धनेन्द्र चौधरी, इन्द्र देव अवस्थी, नवीन भट्ट र किशन सिंह भाट चयन भएका छन् ।
निवर्तमान अध्यक्ष नैमुदीन भाटको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि चेम्बरका प्रदेश अध्यक्ष विनोद मल्ल रहेका थिए । साधारण सभामा चेम्बरका सल्लाहकार हेम प्रकाश उप्रेती, धिरेन बोगटी, आनन्द भट्ट, बन्सी राम चौधरी (स्माइल) लगायतको सहभागिता रहेको थियो ।


















