खाेज्नुहाेस

विश्वकपको फुटबलकाे क्वार्टरफाइनल समीकरण पूरा

Image

काठमाडौं – विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलका खेलहरू सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ। उपाधि दौडमा रहेका ८ बलिया टोलीहरूबीच अब सेमिफाइनल प्रवेशका लागि रोचक र कडा भिडन्त हुने भएको छ।

navjiwan hospital

पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल नेपाली समयअनुसार जुलाई १० गते शुक्रबार राति १:४५ बजे सुरु हुनेछ। यसैगरी, दोस्रो खेलमा दुई युरोपेली पावरहाउस स्पेन र बेल्जियम आमनेसामने हुनेछन्। यो खेल जुलाई ११ गते शनिबार राति १२:४५ बजे हुने तय भएको छ।

attariya hospital

त्यस्तै, तेस्रो क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्डको कडा चुनौतीको सामना गर्नेछ। यो खेल जुलाई १२ गते आइतबार बिहान २:४५ बजे सुरु हुनेछ। अन्तिम क्वार्टरफाइनलमा भने अर्जेन्टिना र स्विजरल्याण्डबीच भिडन्त हुनेछ, जुन खेल जुलाई १२ गते आइतबार बिहान ६:४५ बजे खेलिनेछ। यी चारवटै खेलका विजेता टोलीहरूले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछन्।