खाेज्नुहाेस

अस्ट्रेलियाले सातौँपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि

Image

काठमाडौं – इङ्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले महिला टी-२० विश्वकपको उपाधि सातौँपटक जितेको छ। इङ्ल्यान्डको लर्ड्समा आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको हो।

navjiwan hospital

अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन्। फोबे लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन्।

attariya hospital

यसअघि अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनायो।

इङ्ल्यान्डकी कप्तान नेट साइभर-ब्रन्टले ५३ बलमा ५८ रन बनाइन्। फ्रेया केम्पले ४४ र एलिस क्याप्सीले २३ रन बनाइन्। अस्ट्रेलियाका लागि कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र एनाबेल सदरल्यान्डले एक-एक विकेट लिए।