खाेज्नुहाेस

शुक्लाफाँटामा जंगल सफारी बन्द, बर्खापछि खुल्ने

Image

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिएको छ । शुक्रबारदेखि अर्को सूचना नभएसम्मका लागि सफारी बन्द गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

navjiwan hospital

‘बर्खायाममा निकुञ्जमा पर्यटन गतिविधि बन्द हुन्छन्, यो सिजनमा सधैं सफारी बन्द गरिन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले भने, ‘अब बर्खा सकिएपछि मात्रै सफारी खुल्ला हुन्छ ।’ उनका अनुसार संरक्षित क्षेत्रहरुमा बर्खायामा पर्यटन गतिविधि बन्द हुने गर्छन् ।

attariya hospital

बर्खायाममा सफारीका लागि हिलोका कारण बाटो समेत बिग्रिने गर्छ । जसकारण सफारी गर्न समस्या हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्षमा करिब ३८ सय पर्यटकहरुले भ्रमण गरेका छन् । जुन गत विगतकै हाराहारी हो ।

प्रचारप्रसारको अभावदेखि भििौतक पूर्वाधारको अभावका कारण यहाकक पर्यटकको संख्या बृद्धि हुन सकेको छैन ।