खाेज्नुहाेस

बझाङमा देवताको मन्दिरमा भ्रष्टाचार, १० जनामाथि मुद्दा

Image

बझाङ – बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।

navjiwan hospital

मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको काम गर्ने र कन्टेन्जेन्सी बापत २ लाख २५ हजार खर्च हुने भनिएको थियो ।

godawari nagarpalika dadhelo
attariya hospital

तर वास्तविक कामभन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भनी अख्तियारले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।