बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – १० ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मंगलबार वडा कार्यालयले ८० देखि १०२ वर्षका ज्येष्ठ नागरिकहरुलाई पानी राख्ने थर्मस र केतली सहित सम्मान गरेको हो ।

वडाको कार्यक्रम अन्तर्गत ८० वर्ष र सो भन्दा माथि उमेरका करिब ७० जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई थर्मस र केतलीले सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयका अनुसार यो कार्यक्रम फागुनमा सञ्चालन गर्ने भएता पनि नगरपालिकाबाट ढिलाइ हुदा असारमा वितरण गरिएको हो ।
















