कञ्चनपुर – चोरी मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय तथा ४० हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ कटान निवासी ३३ वर्षीय विमल नेपालीलाई शुक्रबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।


















