खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले ल्याएको बजेट प्रति कडा असन्तुष्टि

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४ का लागि ल्याएको बजेटप्रति कडा असन्तुष्टि जनाएको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले बजेट यथास्थितिमा पारित हुन नदिने चेतावनी दिए । उनले बजेट जनताको आवश्यकता र अपेक्षाभन्दा टाढा रहेको आरोप लगाउँदै यसको पुनर्लेखन आवश्यक रहेको बताए ।

navjiwan hospital

उनले बजेट केही सीमित राजनीतिक नेतृत्व तथा सरकार निकट व्यक्तिहरूलाई लाभ पुग्ने गरी निर्माण गरिएको दाबी गरे । ‘यो बजेट केही थान नेतालाई मोटाउने, मुख्यमन्त्री र मन्त्रीका आसेपासेलाई पोस्ने दस्तावेज बनेको छ । जनताका समस्या र आवश्यकताप्रति यसले कुनै सम्बोधन गरेको छैन,’ भट्टले भने ।

attariya hospital

बजेट निर्माण प्रक्रिया नै अपारदर्शी रहेको आरोप लगाउँदै उनले योजनाहरू नीतिगत आधारमा नभई व्यक्तिगत प्रभाव र पहुँचका आधारमा समावेश गरिएको दाबी गरे । ‘सुटकेस बुझेर र होटलका कोठामा योजना हालेर बजेट बनाइएको छ,’ उनले आरोप लगाए ।