बेलौरी – कञ्चनपुरको बेलौरीमा एकैदिन सुरुभएका दुई तालिमको समापन गरिएको छ । विहिवार बेलौरी नगरपालिका १० ले सञ्चालन गरेको ‘३ महिने निशुल्क बेसिक कम्युटर कक्षा’ र ‘किशोरीहरुका लागि रुपान्तरण सत्र सम्बन्धि तालिम’ एकैदिन समापन गरिएको हो ।

वडा कार्यालयले दुबै तालिम फागुन १ बाट सुरु गरेको थियो । बेलौरी नगरपालिका ८ कलकत्ता स्थित रहेको एनसीसीएस कम्युटर्सले ३ महिने कक्षा दिएको थियो । कक्षामा वडाभित्रका प्लस २ पढ्ने, एसइइ दिएर बसेका र पढिरहेका ३५ जना विद्यार्थीहरु सहभागी रहेको वडा कार्यालयले जनाएको छ ।

यस कक्षामा कम्युटर सम्बन्धि वेसिक जानकारी, एमएस अफिसका फन्सन र इमेल, ईन्टरनेट बारे जानकारी गराइएको एनसीसीएस कम्युटर्सका प्रतिनिधिले बताए । त्यस्तै १० नम्बर वडाको शिवनगर मावीमाकिशोरीहरुका लागि रुपान्तरण सत्र सम्बन्धि तालिम दिइएको थियो । पिसउइन नेपालको सहकार्यमा वडा कार्यालयले तालिम दिएको थियो ।
३ महिने तालिममा हप्ताको एक दिन बाल बिवाह, लैङ्गिक हिंसा, किशोरीहरुमा आउने परिवर्तनहरु, बेड एण्ड गुड टच, नागरिक सहभागिता लगायतका विषयमा अध्यनरत विद्यार्थीहरुलाई जानकारी गराइएको पिसउइन नेपालका प्रतिनिधि बसुन्धार प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यस तालिममा २५ जना किशोरीहरुको सहभागीता थियो ।

















