कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित विद्युत कार्यालय नजिकबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ५२ हजार ३ सय ७० रुपैयाँ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा चिनी, मिश्री, बिडी तथा विभिन्न किसिमका कपडालगायत सामग्री रहेका छन्। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



















