खाेज्नुहाेस

कञ्चनपुरमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

navjiwan hospital

मंगलबार दिउँसो जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घर आँगनमा छापा मारेर उनी  सहित ११ जनालाई पक्राउ गरेको हो।

attariya hospital

प्रहरीले घटनास्थलबाट नगद ३३ हजार ८० रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।