खाेज्नुहाेस

एसएसबीले समाते ३ नेपाली महिला, चोरीछिपी ल्याउदै थिए किटनाशक विषादी  

Image

बेलौरी – कञ्चनपुरको नेपाल-भारत सिमा क्षेत्रबाट अबैध रुपमा भारतबाट समान ल्याउने ३ नेपाली महिला लाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको छ । 

navjiwan hospital

भारतको ४९औँ वाहिनी एसएसबी पिलिभित अन्तर्गतको बी कम्पनी बसही र सीमा चौकी आजाद नगरको टोलीले आजादनगरको सीमा स्तम्भ नम्बर ७६८/३८ नजिक भारतीय क्षेत्रबाट करिब १ लाख ३३ हजार ४ सय भारतीय रुपैयाँ बराबरका समान सहित ३ महिलालाई पक्राउ गरेको हो । 

attariya hospital

पक्राउ पर्नेमा पुर्नवासका रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्।  उनिहरुको साथबाट विभिन्न प्रकारका कीटनाशक विषादी, १५ किलोग्राम फलामे जाली (आइरन नेट) तथा तस्करीमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ ।

मोटरसाइकल सहित बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० भारतीय रुपैयाँ रहेको बताइएको छ।बरामदी सामान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सम्पूर्ण सामान तथा मुद्दा एसएसबीले पलिया भन्सार कार्यालयमा बुझाएको छ ।