अत्तरिया – कैलालीको चुरे गाउँपालिका असार महिना भरी सञ्चालनमा आउने भएको छ । मंगलबार गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय असार महिना भरी बिदाको दिन पनि सञ्चालनमा रहने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीद्वारा जारी सूचनामा आर्थिक वर्षको अन्तिम महिनामा हुने कामको चाप र सेवाग्राहीलाई हुने असहजतालाई मध्यनजर गर्दै असार महिना भरी सार्वजनिक बिदाका दिन पनि गाउँपालिकाको कार्यालय सञ्चालनमा रहने उल्लेख छ ।

सूचनामा बिदाका दिन भुक्तानी सम्बन्धी फाइल पेस गर्ने, योजना अनुगमन, नाप जाँचका निवेदन पेस गर्ने लगायतका सेवा लिन अनुरोध गरिएको छ ।



















