सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरी नगर विकास समितिको जमिनमा व्यापार गरिरहेका व्यवसायीहरुलाई वर्षौदेखिको भाडा तिरेका छैन । बेलौरी बजार संविधान चोक नजिकै रहेको समितिको जमिनमा व्यापार गरिरहेका व्यवसायीहरुले पालिकालाई भाडा नतिरेका हुन ।
समितीको जमिनमा व्यापार गरिरहेकाहरुबाट पलिकाले सटरभाडा र जग्गा भाडा लिने गरेको छ । पालिकाले १५० देखि ३ हजार सम्मको दरले भाडा लिने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि २०८२/०८३ सम्मको भाडा नर्तिने हरुलाइ नगर पालिकाको राजश्व शाखाले पटकपटक पत्राचार गरिरहेको छ ।

सोमबार पनि राजश्व शाखाले भाडा नबुझाउने ८ जनाहरुलाई यथासिघ्र भाडा बुझाउन भन्दै पत्राचार गरेको छ । पत्राचार गरेका मध्ये सबैभन्दा धेरै भाडा बुझाउनुपर्ने कैलाश सिंह विष्ट रहेका छ्न । उनले समितीको भवनमा क्लिनिक सञ्चालन गर्दै आइरहेका छन ।

राजस्व शाखाले विष्टलाई ६ लाख १२ हजार यथासिघ्र सटर भाडा बुझाउन भनेको छ । बेलौरी नगरविकास समितीको भवनका २ सटर उनको नाममा रहेको छ । विष्टले एक सटर आर्थिक वर्ष २०७४/०७५ देखि र अर्को सटर २०७५/०७६ देखि आ व २०८२/०८३ सम्म १७ वर्षको भाडा पालिकालाई नतिरेको देखिएको छ ।
राजस्व शाखाले विष्टलाई १७ वर्षको प्रत्येक महिनाको ३ हजारका दरले हुन आउने ६ लाख १२ हजार बुझाउन बाकी देखिएकोले उक्त रकम यथासिघ्र बुझाउन जानकारी गराउदै नबुझाएको खण्डमा कानुन अनुसार कार्वाही गरिने जनाएको छ ।
त्यस्तै राजस्वशाखाले समितीकै भवन उपयोग गरेबापत बेलौरीकै भुपेन्द्र विष्ट ,श्री रश्मि स्टेश्नरी सप (निर्माला विष्ट) लाई भाडा बुझाउन पत्राचार गरेको छ । भुपेन्द्रले ८ वर्षको १ हजारदरले ९६ हजार र निर्मलाले ३ वर्षको ८ सयका दरले २८हजार ८ सय सटर भाडा बुझाउनु पर्ने छ ।
त्यस्तै जग्गा भाडा नबुझाउनेमा भिम बहादुर मगर, छोटु मोहम्मद, दामोदर खत्री, दिपक चौधरी र सुमित्रा विक रहेका छ्न । यी सबैले २३ महिनादेखि ५ वर्षसम्मको भाडा बुझाएका छैनन । भिम बहादुरले ५ वर्षको ३ सयका दरले १८ हजार, छोटुले ३ वर्षको १५० का दरले ५ हजार ४ सय दामोदरले २ वर्षको ३ हजार ६ सय, दिपकले २३ महिनाको ३ हजार ४५० र सुमित्राले ५० महिनाको ७ हजार ५ सय बुझाएका छैनन ।
नगरपालिकाले भाडा बुझाउन बाकी सबैलाई यथासिघ्र नबुझाए कार्वाही गरिने समेत जनाएको छ ।

















