खाेज्नुहाेस

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

Image

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । विष्ट ३५८ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत पाए ।

navjiwan hospital

पार्टीको निर्वाचन व्यवस्थाअनुसार कुल सदर मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो चरणमै निर्वाचित हुने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार विष्ट पहिलो चरणबाटै सभापतिमा निर्वाचित भएका हुन् ।

attariya hospital

निर्वाचित विष्ट यसअघि पनि सुदूरपश्चिम प्रदेश सभापतिको जिम्मेवारीमा थिए । उनका प्रतिस्पर्धी धामी प्रतिनिधिसभा सदस्य हुन् । उनी कञ्चनपुर–१ बाट निर्वाचित भएका थिए ।
प्रदेश कार्यसमितिका लागि सभापतिसहित १६ भूगोलतर्फ तथा १५ खुला र समावेशीतर्फका सदस्य चयन गरिनेछ ।

सभापतिको पद पहिलो चरणमै टुंगिएपछि अब उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ । प्रदेश कार्यसमिति सदस्यहरूको निर्वाचन पनि दोस्रो चरणमा गरिने रास्वपाले जनाएको छ ।