कैलाली – ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले ७ वर्ष कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका–८ निवासी ४६ वर्षीय प्यारेकमल चौधरीलाई सोमबार पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।












