धनगढी – सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मन्त्री तथा राजमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन ।
कांग्रेसबाट यसअघिका मन्त्री र राज्यमन्त्री बनेकाहरुलाई हटाएर नियुक्त गरिएका ३ मन्त्री र २ राज्यमन्त्रीले सपथ लिएका हुन ।


जसमा बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर रावल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै दुई जनालाई राज्यमन्त्रीको शपथ ग्रहण गराइएको छ । मधु भारती सामाजिक विकास राज्यमन्त्री बन्दा जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन् ।
राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका हुन् ।




















