धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक फेरिएका छन । प्रमुख समेतक रहेका विक्रमसिंह धामीको ठाउँमा प्रमुख सचेतक सरस्वती खड्का नियुक्त भएकी छन् ।

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

खड्का अहिले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री हुन् । यसअघि प्रमुख समेतक रहेका विक्रमसिंह धामीले राजीनामा दिएका थिए ।



















