धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनावबाट ठकुल्ला तीन सय ३५ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी महेश कुमार चौधरीले ३७ र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन् । उपसभापतिमा रामलखन चौधरी विजयी भएका छन् । सचिवमा मदनराज जोशी विजयी भएका छन् ।

सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन् । सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दिपक बिक, नरदिप बहादुर धामी विजयी भएका छन् । यस्तै, कैलाली—१ को निर्वाचन क्षेत्र सदस्यमा टंकप्रसाद जैशी ढुंगाना, २ को कृष्णबहादुर बिष्ट, ३ को बासुदेव घरेडी र ४ मा दुर्गा अधिकारी निर्वाचित भएका छन् ।

अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक र मतदाता नामावलीमा धाँधली भएको भन्दै चुुनाव बहिष्कार गरेका थिए । दुवै जनाको बहिष्कारबीच रास्वपाले मतदान प्रक्रिया अघि बढाएको थियो । कुल पाँच सय ८ मतदाता रहेकोमा तीन सय ३५ मत खसेको थियो । चौधरी र रेग्मीले भने ५० मत पनि कटाउन सकेनन् ।



















